ब्रेक नलाग्दा रूकुम पूर्वमा प्रहरीको जीप दुर्घटना, एक जवानको मृत्यु

घाइतेको नेपालगन्जमा उपचार हुँदै

ब्रेक नलाग्दा रूकुम पूर्वमा प्रहरीको जीप दुर्घटना, एक जवानको मृत्यु

घाइतेको नेपालगन्जमा उपचार हुँदै

रुकुमकोट । रुकुम पूर्वमा जिल्ला प्रहरी कार्यालयको जीप दुर्घटना भएको छ ।  प्रहरी नायब उपरीक्षकसहित ६ जना सवार जीप दुर्घटना ब्रेक नलागेपछि भएको खुलेको छ।

शनिबार जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ सहित ६ जना सवार गाडीको मोडमा ब्रेक नलागेपछि दुर्घटना भएको बताइएको छ ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरा मोडमा नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो।
जीप दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ । रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाईते भएका दुई जना डिएसपी सहित गम्भिर भएका दुई जना र अर्का एक प्रहरी जवानलाई हेलिकप्टरले उद्धार गरेको छ । गम्भिर घाइते अवस्थामा रहेका प्रहरी हवल्दार कुमार डाँगी र प्रहरी जवान सन्तोष बुढालाई हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको हो ।

त्यसैगरी घाईते अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालय रुकुम रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ र प्रहरी जवान लक्ष्मण घर्तीलाई पनि हेलिकप्टर मार्फत कोहलपुरतर्फ लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरले पहिलो पटक तीन जना र दोश्रो पुनः पटक आएर मृतक सहित बाँकिलाई उपचारको लागि लिएको हो । अनुगमनको सिलसिलामा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार लगायतको टोली तकसेरा जाने क्रममा आज बिहान ११ बजे प्रहरीको गाडी दुर्घटना भएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार