जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको गोकुलेश्वरबाट शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा ९ जना घाइते भएका छन् । घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका छन् ।

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार