रुकुममा १ सय २८ को र्‍यापिड टेस्ट

रुकुममा १ सय २८ को र्‍यापिड टेस्ट

बैशाख १० काठमाडौ

रुकुम पश्चिममा कोरोना सङ्क्रमित देशबाट आएका थप १ सय २८ जनाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

आज सानीभेरी गाउँपालिकामा ४१ पुरुष ३ महिना, त्रिवेणी गाउँपालिकामा २ पुरुष, चौरजहारी नगरपालिकामा ४२ पुरुष २ महिला र मुसिकोट नगरपालिकामा ३८ जना पुरुषको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्लेका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताउनु भयो ।

उहाँका अनुसार अहिलेसम्म जिल्लामा ६ सय ५१ जनाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट र १ सय ६ जनाको पिसिआरमार्फत परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार