थप ३ मा कोरोना पोजेटिभ,संक्रमितको संख्या ४८

थप ३ मा कोरोना पोजेटिभ,संक्रमितको संख्या ४८

बैशाख  १० काठमाडौं

नेपालमा आज मात्रै ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३ मा कोरोना पोजेटिभ देखिएको प्रदेश नम्वर एकका कोरोना सम्वन्धि सूचना अधिकारी ज्ञान बहादुर बस्नेतले जानकारी दिनुभयो ।  उहाँले प्रतिष्ठानमा गरिएको परीक्षणमा आज मात्रै ६ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो ।

संक्रमित ६ जनानै पुरुष रहेका छन् । जसमा ५ जना नेपाली र एक भारतीय रहेको बस्नेतले बताउनुभयो । उहाँका अनुसार आज संक्रमण पुष्टि भएकाहरु उदयपुरकै रहेका छन् । भुल्केबाट नमुना लिइएकाहरुमा नै कोरोना पोजेटिभ देखिएको बस्नेतले जानकारी दिनुभयो ।

यसअघि स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा नै गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको थियो । प्रदेश नम्वर १ मा हालसम्म पिसिआरबाट ८ सय २३ र आरडीटीबाट ३ हजार ५ सय ९२ जनाको परीक्षण भएको छ । प्रदेश नम्वर एकमा अहिले १ हजार ७० जना मानिस क्वारेन्टाइनमा बसिरहेका छन् । (हेल्थपाटी बाट)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार