जाजरकोटमा नेकपा बहुमतका नेता पेस्तोल सहित पक्राउ

जाजरकोटमा नेकपा बहुमतका नेता पेस्तोल सहित पक्राउ

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक जना नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् ।

नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही ९नवीन० पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन् ।

जाजरकोटको नलगाड नगरपालिका-६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच.जी.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले जानकारी दिए ।

पक्राउ परेका शाहीविरुद्ध जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यता, नेकपा (बहुमत) का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले भने विज्ञप्ति प्रकाशित गरी योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् । पक्राउ परेका नेता सिंहलाई विना सर्त रिहाइ गर्न नेकपा बहुमतले माग गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार