काँग्रेसले भन्यो : अध्यादेशले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न

काँग्रेसले भन्यो : अध्यादेशले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न

बैशाख १२ काठमाडौ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिए पनि यसले प्रेरित गरेको अपराधलाई उन्मुक्ति दिन नमिल्ने बताएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले भनेको छ अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी’ दिइएको शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन।

कांग्रेसले सो घटनाबारे गहिरो अनुसन्धान गर्न र जो कोहीको संलग्नता रहे पनि कारबाहीको माग गरेको छ। यसअघि गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार