फेसबुकमार्फत ‘जरायोको सुकुटी खान’ निम्ता दिने व्यक्ति पक्राउ

फेसबुकमार्फत ‘जरायोको सुकुटी खान’ निम्ता दिने व्यक्ति पक्राउ

बैशाख १२  दाङ

आफ्नो फेसबुकमार्फत जंगली जनावर जरायोको सुकुटी खान निम्ता दिने दाङको  गढ्वा गाउँपालिका वडा नं ६ का ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले पक्राउ गरेको छ ।

उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । पुनले आफ्नो फेसबुकमा ‘लकडाउनको सदुपयोग गरायौँ, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’  भनेर  स्ट्याटस लेखेका थिए ।

फेसबुक स्ट्याटसको बारेमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिभिजनल वन प्रमुख प्रविण बिडारीले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार