भारतमा रहेका सुदूरपश्चिमका १० जना कोरोना संक्रमित डिस्चार्ज भए

भारतमा रहेका सुदूरपश्चिमका १० जना कोरोना संक्रमित डिस्चार्ज भए

बैशाख १३ काठमाडौ

भारतमा रहेका सुदूरपश्चिमका १० जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । एक बालकको भने अस्पतालमा उपचार भइरहेको छ ।

अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङंको चैनपुरी घर भइ भारतको बैंग्लोरमा काम गर्दै आएका अर्का परिवारका तीनसदस्यमा कोरोना पुष्टि भएकोमा १० जना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

चैनपुरका ४५ वर्षीय पुरुष र ३५ वर्षीया उनकी श्रीमती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने उनका छोराको अहिले उपचार भइरहेको छ । अछामको चौरपाटी गाउँपालिका ५, को एकै परिवारका ८ सदस्य पनि कोरोनालाई जितेर २५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार