बीरगंज र पर्साका थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

बीरगंज र पर्साका थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

बैशाख १४ काठमाडौ
बीरगंज र पर्साका थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९)  को संक्रमण देखिएको छ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

गत चैत ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १२ जना निको भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार