नर्सलाई कोरोना संक्रमण भएपछि दिल्लीको हिन्दु राओ अस्पताल बन्द

नर्सलाई कोरोना संक्रमण भएपछि दिल्लीको हिन्दु राओ अस्पताल बन्द

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा रहेको हिन्दु राओ अस्पतालमा कार्यरत एक नर्सलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ ।

नर्थ डीएमसी मेडिकल कलेज र हिन्दु राओ अस्पताल पूर्णरुपमा निर्मलीकरण गरुन्जेलसम्मका लागि अस्पताल बन्द गरिएको बताइएको छ ।

“दुई सातादेखि उनी क्याम्पसदेखि अस्पतालसम्म विभिन्‍न ठाउँमा पुगेकी थिइन् । त्यसकारण हामीले अस्पतालाई पूर्णरुपमा ‘स्यानिटाइज्’ र कन्ट्याक्ट ट्रेसिङ्‌ गरुन्जेलसम्मका लागि अस्पताल बन्द गरेका छौं,” नर्थ दिल्ली म्युनिसिपल कर्पोरेसनकी आयुक्त वर्षा जोशीले भनिन् ।

उनले उनलाई संक्रमण कसरी भयो र कहाँबाट उनलाई संक्रमण भएको भन्‍ने अनुसन्धान सुरु भइसकेको बताइन् । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार अस्पताल पूर्ण रुपमा सरसफाइ नभएसम्म बन्द रहनेछ ।

दिल्लीमा हालसम्म ३ हजार ४२४ जनामा कोरोना संक्रमण भएको छ भने ५३ जनामा संक्रमण भएको छ । यसअघि भारतका अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण भएपछि मुम्बई र दिल्लीका विभिन्नय अस्पतालहरु बन्द गरिएका थिए । –सीएनएन

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार