तीन दिनको शिविरबाट ५५० महिलालाई स्वास्थ्य सेवा प्रदान

तीन दिनको शिविरबाट ५५० महिलालाई स्वास्थ्य सेवा प्रदान

मुसिकोट । रुकुम पश्चिमका तीन स्थानमा महिला स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । महिला पुनस्थार्पना केन्द्र (ओरेक) नेपालले जिल्लाकातीन स्थानमा शिविर सञ्चालन गरेको हो ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ९ को झुला र वडा नम्वर १० को ठाँटी र मुसीकोट नगरपालिकाको वडा नम्वर ८ घोरखानीमा शिविर सञ्चालन गरिएको आरेकले जनाएको छ ।

शिविरमा ५५० जना महिलाले सेवा लिएको ओरेक नेपाल रुकुमका जिल्ला संयोजक दिपा धितालले जानकारी दिनुभयो । उहाक अनुसार सेवा लिन आएका अधिकांश महिलाहरुमा पाठेघरको समस्या देखिएको छ ।

तीनै स्थानमा भएका शिविरमा महिलाको पाठेघरको मुख सुनिएको समस्या १६३ जना, पाठेघर पहिलो डिग्रीको समस्या ७७, दोस्रो डिग्रीको समस्या १७ र पाठेघरको तेस्रो डिग्रीको समस्या ७ जनालाई सेवा प्रदान गरिएको छ ।

पाठेघरको मुखमा घाउको समस्या ४५ जना, पाठेघरको अप्रेशन पछि पुनः त्यही अवस्थामा आएको २ जना र पाठेघरको क्यान्सर भएका शकास्पद २ जनालाई सेव दिईएको छ । पाठेघर सम्बन्धी जटिल खालका समस्या देखिएका ९ जना महिलालाई भने प्रादेशिक अस्पताल दाङ र जिल्ला अस्पताल सल्लेमा रिफर गरिएको संयोजक धितालले जानकारी दिनुभयो ।

प्रजनन् शिक्षाको कमी, बालविवाह, घरेलु हिंसा, लाज, भौगोलिक विकटता, उचित खानपान र स्याहारको कमी लगायतका कारण महिलामा पाठेघरको समस्या जटिल बन्दै गएको पाइएको ओरेकले जनाएको छ । जिल्लामा पाठेघरको समस्या ठुलो मात्रामा रहेको उहाँले बताउनुभयो । स्त्री रोग विशेषज्ञ डा. सिर्जना हमालको नेतृत्वमा रहेको ३० जनाको टोलीले शिविरमा सेवा दिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार