जाजरकोटमा १८ हजार मत बदर

जाजरकोटमा १८ हजार मत बदर

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक प्रणाली तर्फको निर्वाचनमा जाजरकोटमा १८ हजार ६२ मत बदर भएको छ । जसमध्ये प्रतिनिधिसभातर्फ ३ हजार ६ सय ९६, प्रदेशसभा (१) तर्फ १ हजार ७ सय ९०, प्रदेशसभा (२) १ हजार ६ सय ८० र प्रदेशसभा समानुपातिकतर्फ ५ हजार ५ सय १०, प्रतिनिधिसभा समानुपातिकतर्फ ५ हजार ४ सय ६ मत बदर भएको निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिनिधिसभामा ६५ हजार ३ सय ३३ मत खसेको थियो भने प्रदेश (१) मा ३६ हजार ७ सय ६ र प्रदेशसभा (२) मा २८ हजार ७ सय ३५ मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त प्रमुख नविन कठायतले बताए । उनका अनुसार प्रदेशसभा समानुपातिकतर्फ ६५ हजार ३ सय १६ र प्रतिनिधिसभा समानुपातिकतर्फ ६५ हजार ६ सय ८९ मत खसेको थियो ।

जिल्लाभर कुल १ लाख ३ हजार ३६३ मतदाता थिए । मत बदर हुनुमा मतदाता शिक्षा नपाउनुलाई मुख्य कारण औंल्याइएको छ । मतदाता शिक्षा दिने नाममा निर्वाचन आयोगले निर्णयमात्रै गरेको तर प्रभावकारी कार्यान्वयनमा ध्यान नदिएकाले धेरै मत बदर भएको सरोकारवाला बताउँछन् । यस पटकको निर्वाचनमा मतदाता शिक्षाको जिम्मा स्थानीय तहका वार्ड कार्यालयहरुलाई दिइएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार