जिल्ला स्तरिय खुला कराते प्रतियोगिता सुरु

जिल्ला स्तरिय खुला कराते प्रतियोगिता सुरु

दाङ जिल्ला स्तरिय खुला कराते प्रतियोगिता २०७९ आज देखि तुलसिपुरमा सुरु भएको छ । नेपाल सितोरियो कराते संघ दाङको आयोजनामा संचालित प्रतियोगिताको कराते महासंघका केन्द्रिय उपाध्यक्ष बद्री नाथ श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले राजनिती प्रवेश संगै नेपालको सिङ्गो खेलकुद क्षेत्र धरापमा परेको बताउनु भएको छ । राष्ट्रको सान र गौरव बोकेको स्वच्छ खेलकुदमा राजनिति प्रवेश हुनु खेलप्रेमी खेलाडिका लागि दुर्भाग्यपूर्ण हो, यसले नेपालको खेलकुद तीन दशक पछाडि धकेलिएको छ उहाँले भन्नुभयो ।

झण्डै चार दशक अगाडीको खेलकुदको बिकासक्रम र हालको अबस्था हेर्दा अहिले बिजोग लाग्छ खेलकुदको बिकासका लागि आउने अनुहार खुला प्रतिस्पर्धा नभई राजनितिक न्युक्ती प्रक्रिया बाट आउनुले खेलकुद क्षेत्रले विशुद्ध खेलबिकास चाहने ब्यक्ति पाउन नसकेको श्रेष्ठको भनाई छ । अब खेलकुदको बिकास गर्नेनै हो भने दरिलो आट र ईच्छा शक्ति भएका खेलप्रेमी जुट्नु पर्नेबेला आईसकेको उहाँले बताउनु भयो ।

त्यस्तै विशिष्ट अतिथी तुलसिपुर उपमहानगरपालिका वडा न ९ का अध्यक्ष घनश्याम ढकालले एकीकृत गुरु योजनाका साथ वडाको खेलबिकासमा आफू लागि परेको बताउनु भएको छ । यो मेरो दोस्रो कार्यकाल हो वडा भित्र रहेको एक मात्र गैरिचौर खेलमैदान लाई मिनि स्टेडियमको रुपमा बिकास गर्ने योजनाका साथ अगाडि बढेको बताउनु भयो । साथै उहाँले बेलुवामा रहेको कराते कवर्डहलको पुर्वाधार बिकासमा वडाका तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गर्नु भयो ।

संघका अध्यक्ष पदम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सितोरियो कराते पुर्व खेलाडी चन्द्रागिरी नगरपालिका कराते संयोजक राजेन्द्र महर्जन, कराते पुर्व राष्ट्रिय खेलाडी नरेश शाह, खेलकुद पत्रकार लक्ष्मण बस्नेत लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

संघका कोषाध्यक्ष मधुसुदन घर्तिको स्वागत रहेको कार्यक्रमको संचालन संघका सचिब मोहलाल थापाले गर्नु भएको थियो । दुईदिन सम्म संचालन हुने प्रतियोगितामा कुमुते महिला तर्फ २०,२५,३०,४०,४५ केजि तौल समूह र पुरुष तर्फ २५,३०,४०,४५ र ५० केजि तौल समूह त्यस्तै महिला पुरुष एकल कातामा कडा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा जिल्लामा छरिएर रहेका डोजोका महिला पुरुष गरि झण्डै दुई सय पचास खेलाडिको सहभागिता रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार