दैलेखका पत्रकार गोविन्द केसीलाई धम्की

दैलेखका पत्रकार गोविन्द केसीलाई धम्की

बैशाख १५ काठमाडौ
समाचारको बिषयलाई लिएर दैलेख जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकाले रिपोर्टर्स क्लबका अध्यक्ष तथा नागरिक दैनिकका दैलेख संवाददाता गोविन्द केसीलाई धम्की दिएको छ । उक्त नगरपालिकाका चमेना गृह सञ्चालक छत्र थापाले पत्रकार केसीलाई सार्वजनिक स्थानमा धम्की दिँदै दुव्र्यवहार समेत गरेका हुन् ।

बैशाख १० गते नागरिक दैनिकमा प्रकाशित ‘राहत सामग्री खरिदमा अनियमितता’ भन्ने समाचार प्रकाशित भएको छ । उक्त समाचार किन र कति पैसा खाएर लेखेको भन्दै चमेना गृह सञ्चालक थापाले पत्रकार केसीलाई धम्कीसँगै दुव्र्यवहार गरेका थिए । केसी सुशासन र भ्रष्टाचारको बिषयमा आवाज उठाउने क्रियाशिल पत्रकार हुनुहुन्छ ।

अहिले यस बिषयमा दुबै पक्ष बिच प्रहरीमा छलफल भएको केसीले उजेली न्यूज डटकमलाई बताउनु भयो । तर यस बिषयमा पत्रकार महासंघ दैलेख शाखाले कुनै चासो नदिएको पत्रकार केसीले बताउनु भयो । उहाँले भन्नुभयो सामाजिक सञ्जाल देखि अनलाइमा समाचार आएको तर महासंघले थाहा नपाएको जस्तो गरेको छ । यो दुख्खको कुरा हो उहाँले भन्नु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार