रौतहटमा भारतबाट आएका दुईजनामा कोरोना संक्रमण

रौतहटमा भारतबाट आएका दुईजनामा कोरोना संक्रमण

बैशाख १६ काठमाडौँ

रौतहटमा दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस (कोभिड–१९)  को संक्रमण पुष्टि भएको हो।

अस्पतालका अनुसार देवाही बोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय  र वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।

लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको जिल्ला अस्पताल गौरका अधिकृत महेश साहले जानकारी दिनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार