आठबिसकोट १ मा बर्थिङ सेन्टर स्थापना

आठबिसकोट १ मा बर्थिङ सेन्टर स्थापना

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ मा बर्थिङ सेन्टर (प्रसूति गृह) स्थापना गरिएको छ । वडा नम्बर १ मा रहेको आधारभूत स्वास्थ्य चौकीमा नयाँ भवन निर्माण गरेर आइतबारबाट बर्थिङ सेन्टर सेवा सुचारु गरिएको हो ।

शान्ती नेपाल रुकुम पश्चिम र कर्णाली प्रदेश मार्फत ४८ लाखमा तीन कोठे भवन निर्माण गरेर बर्थिङ सेन्टर स्थापना गरिएको बताइएको छ ।

आइतवार एक कार्यक्रमका बिच आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले उक्त बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको छ । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख केसीले गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो।

आधारभूत स्वास्थ्यचौकीमा हाल एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी र नगरपालिकाले थप कर्मचारी खटाएर चौबीसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिने समेत प्रमुख केसीले उल्लेख गर्नुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार