पुथामा जैविक विषादि र झोल मल बनाउने तालिम सम्पन्न

पुथामा जैविक विषादि र झोल मल बनाउने तालिम सम्पन्न

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका कृषकलाई जैविक विषादि र झोल मल बनाउने तालिम दिइएको छ ।

यूनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलष्टर (यूएमएन) को आर्थिक सहयोग र मिक नेपाल रुकुम पूर्वको आयोजनामा पुथा उत्तरगंगा गाउँपालिकाका वडा नम्बर १०, ११ र १३ का १८ जना कृषकलाई तालिम दिइएको हो ।

वडा नम्बर ११ को उपल्लो सेरामा दुई दिनसम्म सञ्चालन भएको तालिमको सहजिकरण पुथा उत्तरगंगा गाउँपालिका कृषि सेवा केन्द्र कोलका प्राविधिक बसम मल्ल र एकिकृत कृृषि तथा पशुुपन्छि विकास कार्यालयका प्राविधिक प्रशान्त सुनारले गर्नुभएको थियो ।

तालिम पश्चात जैविक विषादि र झोल मल बनाउनको लागि १८ जना कृषकलाई ७० लिटरका ड्रम वितरण गरिएको परियोजना संयोजक उत्तम विकले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार