खेर गईरहेको प्लास्टिकको सामाग्री निर्माण सम्बन्धि तालिम

खेर गईरहेको प्लास्टिकको सामाग्री निर्माण सम्बन्धि तालिम

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा खेर गईरहेको प्लास्टिकको सामाग्री निर्माण सम्बन्धि तालिम सम्पन्न भएको छ ।

यूनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलष्टर (यूएमएन) को आर्थिक सहयोग र मिक नेपाल रुकुम पूर्वको आयोजनामा पुथा उत्तरगंगा गाउँपालिका भित्रका २६ जना कृषकलाई तालिम दिइएको हो ।

वडा नम्बर १० तकको पाहुना घरमा तीन दिनसम्म सञ्चालन भएको तालिमको सहजिकरण धनकुमारी बुढाले गर्नुभएको थियो ।

तालिममा सहभागिहरुले खेर गईरहेको प्लाष्टिकबाट ढकिया, टोपी लगायतका सामाग्रीहरु निर्माण गरेका थिए ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार