जेलबाट छुटे सन्दीप लामिछाने

जेलबाट छुटे सन्दीप लामिछाने

राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने जेलमुक्त भएका छन् । उच्च अदालत पाटनको आदेशबमोजिम २० लाख धरौटी बुझाएपछि सन्दीप दिउँसो ३ बजे केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई धरौटीमा छाड्न बिहीवार उच्च अदालतले आदेश दिएको थियो ।​​​​​

धरौटीमा रिहा भए पनि सन्दीपको मुद्दाको अन्तिम टुंगो भने लागिसकेको छैन ।

जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेकाले जेलमुक्त गर्नुअघि उनलाई तारेखका लागि अदालत पुर्‍याइएको थियो ।​

जेलबाट बाहिरिने क्रममा सन्दीप हँसिलो मुद्रामा देखिएका थिए ।

उनलाई स्वागत गर्न परिवारका सदस्य, उनका कानून व्यवसायी र शुभचिन्तकहरू सुन्धारा पुगेका थिए ।

जेलमुक्त भए पनि मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनी देशबाहिर जान पाउने छैनन् । काठमाडौं उपत्यका छाड्न पनि स्वीकृति लिनुपर्नेछ ।

पीडित परिवारलाई कुनै हिसाबले सम्पर्क गर्न, दबाब, धम्की वा प्रलोभन देखाउन, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यस मुद्दाबारे बोल्न पनि अदालतले रोक लगाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार