दियो साँस्कृतिक युवा क्लवको वार्षिकोत्सव सम्पन्न

दियो साँस्कृतिक युवा क्लवको वार्षिकोत्सव सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको दियो साँस्कृतिक युवा क्लवले १० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बुधवार क्लवको वार्षिकोत्सवको अवसरमा चियापन, शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम समेत गरिएको छ ।

२०६९ माघ ४ गते स्थापना भएको क्लवले विभिन्न सामाजिक काम गर्दै आएको छ ।

यस्तै क्लवलाई सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान गरिएको छ ।  क्लवका विशिष्ट आजीवन सदस्य शिवराम खत्री, बालाराम पुन र मनबहादुर खत्रीलाई क्लवलाई यो स्थानसम्म ल्याउन सहयोग गरेको भन्दै  सम्मान गरिएको क्लवका अध्यक्ष टेकवहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लवका सदस्य एवं राष्ट्रिय तेक्वान्दो खेलाडी इला खत्रीलाई पनि सम्मान गरिएको छ ।

यस्तै क्लवलाई विभिन्न समयमा १० हजार भन्दा माथिको सहयोग गर्ने मल्ल हार्डवेयर मुसिकोट नगरपालिका-५, आशा ट्रेडर्स मुसिकोट नगरपालिका-१ र एसियन होटल मुसिकोट नगरपालिका-१ लाई सम्मान गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

क्लवको वार्षिकोत्सव कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, वडा नम्बर २ वडाध्यक्ष दिनेश खड्का, पूर्व वडाध्यक्ष काशिराम खड्का, मुसिकोट नगरपालिकाका लेखा अधिकृत नरेन्द्र बिष्ट, वडा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार