रोल्पामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु

रोल्पामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु

बैशाख १६ काठमाडौ
रोल्पाको माडी गाउँपालिका–२ का ६२ वर्षीय तुलबहादुर परियारको सोमबार राति क्वारेन्टाइनमै मृत्यु भएको छ ।

इट्टाभट्टाबाट परिवारसँगै फर्किएका  उनलाई घरछेउकै विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । घरमा अरू कोही नभएकाले साथैमा ल्याइएका छोराबुहारीलाई पनि विद्यालयको एउटै कोठामा राखिएको थियो । सोमबार थर्मलगनबाट ज्वारोसमेत जाँच गरिएको थियो। जाँचका क्रममा उनलाई ज्वरो देखिएको थिए।

 

पारिवारिक स्रोतका अनुसार उनी दमका बिरामी थिए। दमको विबरामी भएपछि परियार तिहार लगत्तै उपचारका लागि काठमाडौ गएका थिए। भट्टामा परिवारसँगै बसेका उनको वीर अस्पतालमा उपचार हुँदै आएका थियो।

मृतकको स्वाब संकलनका लागि रेउघा अस्पतालबाट चिकित्सकको टोली गाउँ पुगिसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार