लकडाउन उल्लंघन गर्नेलाई एक सय देखि एक हजारसम्म जरिवाना

लकडाउन उल्लंघन गर्नेलाई एक सय देखि एक हजारसम्म जरिवाना

वैशाख १६ काठमाडौं

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने जो कोहि व्यक्तिलाई एक सय रुपैयाँ देखि एक हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना लिन सुरु गरेको हो ।

 

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार चैत्र २८ गतेदेखि नगर सुरक्षा समितिको निर्णयपछि यो अभियान सुरु गरिएको हो । अभियान सुरु भएपछि हालसम्म लकडाउन उल्लंघन गर्ने  करिब १५ सय मानिस कारबाहीमा परिसकेको उहाँले बताउनु भयो ।

अहिले सम्म लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुबाट करिब एक लाखभन्दा बढी रकम जरिवाना उठिसकेको छ । रसिद काटेर नगर स्तरीय कोरोना कोषमा रकम जम्मा गरिने प्रवक्ता महर्जनले बताउनु भयो ।

यस्तै लकडाउन उल्लंघन गरे एक सय रुपैयाँ र लकडाउनको समयमा मदिरा पसल खोले एक हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ । कसुर अनुसारको जरिवाना रकम पनि भिन्दाभिन्दै छ । यसले गर्दा जरिवाना गर्न थालिएपछि सडकमा सर्वसाधारण निस्किने क्रम न्यून भएको छ । जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी खटाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार