रवि लामिछानेका समर्थकद्वारा काठमाडौंमा प्रदर्शन

रवि लामिछानेका समर्थकद्वारा काठमाडौंमा प्रदर्शन

रवि लामिछानेका समर्थकले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । रवि लामिछानेमाथि शुक्रबारको सर्वोच्च अदालतको फैसला खारेज गर्नुपर्ने भन्दै उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

संवैधानिक इजलासले शुक्रबार गरेको फैसलाका कारण लामिछानेले एकै पटक चार पद गुमाएका छन् । सांसद पद बदर भएसँगै उनले उपप्रधान तथा गृहमन्त्री पनि छाड्नुपरेको छ । त्यस्तै आफ्नै पार्टीको सभापति र सदस्य बन्न पनि उनी अयोग्य सावित भएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार उपप्रधान र गृहमन्त्रीबाट पदमुक्त भएपनि रवि लामिछानेले एकै पटक दुई देशको नागरिकता र राहदानी बोकेको विषयमा अनुसन्धान हुन भने बाँकी नै छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार