बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी

बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी

बैशाख १७ काठमाडौँ
उत्कर्षमा पुगेको विवाद हल गर्न भन्दै सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । दुई विवादास्पद अध्यादेश प्रकरणबाट जटिल र तनावपूर्ण बनेको बेला बैठक बसेकोले चासोपूर्वक हेरिएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय विपरीत सरकार चलाएको, सरकारकै कारण पार्टी बदनाम भएको निष्कर्ष सहित अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको समूह प्रधानमन्त्री ओलीले निकास दिनुपर्ने अडानमा छन् । यो समूहले सचिवालय र स्थायी कमिटी बैठक माग गरेको थियो ।

तस्बिर : राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार