होङ्सी सिमेन्टमा काम गर्ने मजदुरको मृत्यु

होङ्सी सिमेन्टमा काम गर्ने मजदुरको मृत्यु

बैशाख १८ काठमाडौ
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा एकजना मजदुरको मृत्यु भएको छ ।

काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेर विनयी त्रिवेणी गाउँपालिका ४ का २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार