‘हामी विधार्थी हौ’ पिटि गित प्रधानमन्त्रीद्वारा बिमोचन

‘हामी विधार्थी हौ’ पिटि गित प्रधानमन्त्रीद्वारा बिमोचन

काठमाडौ । शैक्षिक संस्थाहरुको लागि तयार गरिएको राष्ट्रिय गीत ‘हामी विधार्थी हौं’ विमोचन गरिएको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त भिडियो गीतको विमोचन गर्नुभएको हो ।

पुथाउत्तरगंगा गाउँपालिकाको रुकुम पूर्व र सामाजिक माध्यामिक रोल्पाको आर्थिक लगानिमा उक्त गीत निर्माण गरिएको हो । उक्त भिडियोको छायांकन पुथाउत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल पुथा हिमालय मावि मैकोटमा गरिएको हो ।

उक्त गितमा हेमन्त शिशिर र सन्ध्या आचार्यको स्वर रहेको छ । पुथाउत्तरगंगा गाउँपालिकाका शिक्षा शाखा प्रमुख  रामप्रसाद खड्काको शब्द र राजेन्द्र खड्काको संगित रहेको उक्त गीतको छायांकन सरोज शाही र सम्पादन निराजन केसीले गर्नुभएको हो । कोरसमा राजेन्द्र खड्का, बिरेन बिसी, हेमराज बिक, बसन्ती सुनार र अन्जु बिसीको अभिनय रहेको छ । उक्त गीतको निर्देशन राजेन्द्र खड्काले गर्नुभएको हो ।

पिटि प्रार्थना भिडियो नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती, उपाध्यक्ष भुपेन्द्रा बुढा, शिक्षा शाखा प्रमुख रामप्रसाद खड्का लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार