मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन

मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन

मुसिकोट । मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिममा पूर्व विद्यार्थी समाज गठन भएको छ । क्याम्पसमा विभिन्न तहको अध्ययन पूरा गरी हाल विभिन्न क्षेत्रमा स्थापित पूर्व विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी समाज गठन गरेको हो ।

क्याम्पसका संस्थापक विद्यार्थी एवं नेपाल सरकारका सेवा निवृत्त सह–सचिव भरतकुमार शर्माको अध्यक्षतामा ९ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरिएको हो ।

जसको उपाध्यक्षमा पूर्व विद्यार्थी एवं नेकपा माओवादी केन्द्रका रुकुम पश्चिम इन्चार्ज वसन्तकुमार शर्मा, सचिवमा मध्यपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृत शेरबहादुर केसी र कोषाध्यक्षमा अधिवक्ता अमर ओली चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा मुसिकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख बुद्धिप्रसाद गौतम, रुकुम पूर्वको सिस्ने गाउँपालिकाका पूर्व अध्यक्ष कुमारी बराल, सामाजिक अभियन्ता निर्मला गिरी, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी र नेपाल पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष महेश केसी चयन हुुनुुभएको छ ।

२०३७ सालमा स्थापना भएको यस क्षेत्रकै पुरानो उच्च शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धिसँगै क्याम्पसको सर्वाङ्गीण विकासमा टेवा पुगोस भन्ने हेतुले स्वदेश तथा विदेशमा छरिएर रहेका विभिन्न पेशा, ब्यवसाय एवं रोजगारमा आबद्ध भूतपूर्व विद्यार्थीहरुलाई एकत्रित गर्न समाज गठनको आवश्यकताबोध भएको क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार