च्याउ खेतीमा आत्मनिर्भर हुँदै निर्मला

च्याउ खेतीमा आत्मनिर्भर हुँदै निर्मला

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ की निर्मला केसी देबकोटाले व्यावसायिक च्याउ खेती सुरु गर्नुभएको छ ।

परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि निर्मलाले व्यावसायिक रुपमा च्याउ खेती सुरु गर्नुभएको हो । उहाँले आफनै बारीमा टनेल निर्माण गरी च्याउ खेती गर्नुभएको छ ।

५० हजार टनेल बनाउन र २० हजारको च्याउको बीउ खरिद गरि व्यक्तिगत लगानी गरेर च्याउ खेती सुरु गर्नुभएको हो । अहिले प्रतिकिलो २०० मा घरबाटै च्याउ बिक्री भइरहेको छ ।

च्याउ विक्रि गरेर मासिक ३० हजार रुपैया आम्दानी हुने गरेको उहाँले बताउनुभयो । च्याउ वर्षभरीमा असार र साउन महिना बाहेक सदैव उत्पादन गर्न सकिन्छ ।

निर्मलालाई अहिलेसम्म कसैले पनि सहयोग नगरेपछि उहाँले आफ्नै लगानीमा च्याउ खेती सुरु गर्नुभएको हो । च्याउ खेतीका लागि अझै १ वटा टनेल बनाउने र बिस्तारै ब्यबसाय बढाउने सोचमा रहेको निर्मलाले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार