एनएमबि लघुबित्तद्धारा प्रभावकारी शाखा र केन्द्र ब्यबस्थापन तालिम

एनएमबि लघुबित्तद्धारा प्रभावकारी शाखा र केन्द्र ब्यबस्थापन तालिम

मुसिकोट । एनएमबि लघुबित्त बित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालयको आयोजनामा रुकुम पश्चिममा दुई दिने प्रभावकारी शाखा तथा केन्द्र ब्यबस्थापन तालिम सम्पन्न भएको छ ।

तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे, बिभागीय प्रमुख पुरन चन्द्र चापागाईं र प्रेम प्रसाद सुवेदी, कर्णाली प्रदेश प्रमुख महेश पाठक , मुसिकोट शाखाका शाखा प्रमुख बेग बहादुर वली, झुलनेटा शाखाका शाखा प्रमुख सामना राना, चौरजहारी शाखाका शाखा प्रमुख धन राज बम र खोलागाउँ शाखाका शाखा प्रमुख प्रकाश बस्नेत लगायत शाखाका कर्मचारीहरुको सहभागी रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डेले लघुबित्त क्षेत्रमै नया किसान सेरिज परियोजना ल्यायको बताउनु भयो । उहाँले नाफा मुलक परियोजनाको पहिचान गरि लगानीलाई पूर्ण सदुपयोग गरेको खण्डमा कृषकको आयस्तर बढ्नुका साथै कर्जा भुक्तानीमा कहिले समस्या नआउने बताउनु भएको छ ।

साथै उहाँले संस्थाले प्रत्येक कर्जालाई बीमाको माध्यमबाट थप सुरक्षित बनाउने योजना रहेको बताउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार