आगलागीबाट बच्न सशस्त्र प्रहरीद्वारा नमुना अभ्यास प्रर्दशनी

आगलागीबाट बच्न सशस्त्र प्रहरीद्वारा नमुना अभ्यास प्रर्दशनी

मुसिकोट । रुकुम पश्चिमको एक विद्यालयमा सशस्त्र प्रहरीले आगलागी नियन्त्रण सम्बन्धमा सचेतनामूलक ‘डेमो’ प्रदर्शन गरेको छ। सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म रुकुम पश्चिमले त्रिभुवन जनता मावि खलंगामा आगलागीबाट बच्न अग्नि नियन्त्रण सम्बन्धि नमुना अभ्यास प्रदर्शनी गरेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्द बहादुर केसी का अनुसार बिहिबार विद्यार्थीहरुलाई आगलागीबाट बच्न सचेत गराउने उदे्श्यले विद्यालयमा नमूना अभ्यास गरिएको हो ।

विद्यार्थीहरुलाई भान्सा कोठामा ग्याँस सिलिण्डर लिग भएर हुन सक्ने आगलागी नियन्त्रणका बारेमा नमूना अभ्यास गरेर देखाइएको सशस्त्र प्रहरी सहायक निरीक्षक मोहन डाँगीले जानकारी दिनुभयो । आगो ताप्दै गर्दा शरिरमा आगो सल्कियो भने त्यसबाट कसरी बच्ने भन्ने बारेमा पनि नमूना अभ्यास गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै कसैले आत्मदाहको प्रयास गर्यो भने उक्त व्यक्तिलाई कसरी बचाउने भनेर समेत अभ्यास गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार