दाङको टरिगाउँमा फेरि परीक्षण उडान, बस्ला नियमित जहाज ?

दाङको टरिगाउँमा फेरि परीक्षण उडान, बस्ला नियमित जहाज ?

दाङ टरिगाउँ एयरपोर्टमा परीक्षण उडान गरेको निगमको जहाज । तस्बिर : गोपाल शर्मा

तुलसीपुर : दाङको टरिगाउँ विमानस्थलमा पुनः हवाइसेवा सञ्चालन गर्ने तयारी गरिएको छ । नियमित उडानको तयारीका लागि  मंगलवार परिक्षण उडान भएको छ ।

नेपाल वायुसेवा निगमको जहाजले टरिगाउँ विमान स्थलबाट नियमित हवाई सेवा दिने गरी तयारी गरेको हो । सोहि तयारी अनुसार मंगलवार परिक्षण उडान गरिएको छ  । मंगलवार नेपाल बायु सेवा निगमको नाइन एन एकेयू जहाजले परीक्षण उडान गरेको हो ।

निगमका प्रवक्ता अशोक सिग्देलले पहिलो चरणमा हप्ताको दुई दिन दाङ–काठमाडौँ उडानको तयारी गरेको बताए ।

निगमककै जहाजले परिक्षण उडान गरेकाले अब यहाँको हवाई सेवा नियमित हुने विश्वास स्थानीयमा जागेको छ । जिल्लाको हवाई सेवा हुन छाडे पछि यस क्षेत्रका नागरिकहरु नेपालगञ्ज र भैरहवा पुगेर हवाई सेवा लिन बाध्य छन् ।

वि.सं. २०११ सालमा सञ्चालन भएको विमानस्थलमा पटक पटक उडान हुँदै बन्द हुने गरेको छ । परीक्षण उडानको नाममा एक वर्षमा टरिगाउँ विमानस्थलमा दुई पटक जहाज आएको छ ।

गत माघमा पनि परीक्षण उडान गरेर केही साता हवाई सेवा सञ्चालन गरिएको थियो । त्यसको ठेक्का तुलसीपुर उपमहानगरपालिकाले लिएको थियो । तर त्यो दीर्घकालिन हुन सकेन । अहिले पनि उसकै पहलमा हवाई सेवा सुरु हुन लागेको दावी गरिएको छ ।

परीक्षण उडान सफल बनाएका निगमका पाइलटहरु क्याप्टेन आङनुरी शेर्पा, क्याप्टेन उद्धब घिमिरेले विमानस्थलमा नियमित हवाई सेवाका लागि कुनै समस्या नदेखिएको बताए ।

उनीहरुले रनवे लगायतका अबस्था सहज र राम्रो भएको प्रतिक्रिया दिए । ‘हाम्रो जहाजलाई आवश्यक पर्ने भन्दा बढी नै क्षेत्र देखियो, प्राविधिक रुपमा कुनै समस्या छैन’, क्याप्टेन शेर्पाले भने, ‘तालिका तोकिए नियमित उडान भर्न सकिन्छ ।’

उनले पहिले पनि टुइनअट्टर विमान ल्याएर दाङ आउने गरेको स्मरण गर्दै त्यो समय भन्दा अहिले विमानस्थल धेरै राम्रो र सुरक्षित देखिएको बताए । ‘त्यतिबेला घाँसे मैदानमा अवतरण गर्नु पथ्र्यो’, उनले भने, ‘अहिले ब्ल्याकटप रनवे प्रशस्त छ ।’

१६ सिटे जहाज अहिले हप्तामा दुइ दिन र दशै पछिबाट दैनिक उडानका लागि तयारी गरिसकिएको निगमका प्रवक्ता सिग्देलले बताए ।

उनले इन्धनको सहजताका लागि काठमाडौ-भैरहवा-दाङ र दाङ-भैरहवा-काठमाडौँ उडान हुने बताए । ‘दशैँ पहिले नै हामीले नियमित उडानको तयारी गरेका छौँ, प्रबत्ता सिग्देलले भने, ‘जुन अवस्थाले सहज हुन्छ त्यो विधि अबलम्बन गरेर दैनिक उडान हुन सक्छ । अहिले भने हप्तामा दुई दिन उडानको तयारी छ ।’

उनले अहिले नै तालिका नतोकिएको भए पनि परिक्षण प्रतिवेदन आए पछि तत्काल कार्यान्वयनमा लैजाने बताए । सिग्देलले  तालिका बने पछि मात्रै भाडा दर कायम हुने भन्दै ४ हजार देखि ६ हजारको विचमा हवाई भाडा कायम हुने जानकारी दिए ।

इन्धन डिपोको समस्या भएकाले दाङ आउँदा भैरहवा ल्यान्ड गरेर आउनुपरेको प्रवक्ता सिग्देलले जानकारी दिए । दाङमै इन्धनको ब्यवस्थापन हुन सके सिधै दाङ–काठकाडौ उडान गर्न सजिलो हुने बताए ।

यदि दाङ काठमाडौ उडान भए इन्धन उतैबाट बोक्नुपर्ने भएकाले यात्रु कम लिन सकिने उनले बताए । परीक्षण उडानको रिपोर्ट पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर सहमति दिएपछि उडान तालिका बनाइने छ । सातादिनभित्र सबै प्रक्रिया पुरा भएर विमानले ब्यवसयिक रुपमा उडान भर्ने उनले बताए ।

तुलसीपुर उपमहा नगरपालिका नगरप्रमुख घनश्याम पाण्डेल दशै अगाडि सातामा दुईपटक र दशै पछि प्रत्येक दिन उडान भर्ने समहति निगमसंग भएको बताए ।

२०११ साल देखि सञ्चालन हुँदै आएको विमानस्थल विभिन्न कारण देखाउँदै केही वर्षदेखि नियमित उडान हुन सकेको छैन । बीचमा केही निजी विमान कम्पनीहरुले उडान भर्न थाले पनि बहाना बनाएर पछि हटेपछि निगम नै नियमित हवाई सेवामा तातिएको हो । निगमले ल्याएका साना जहाजलाई उडान नभएका एयरपोटमा नियमित उडान भर्ने बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार