रुकुम पूर्वमा ३६०० मास्क वितरण

रुकुम पूर्वमा ३६०० मास्क वितरण

रुकुमकोट । रुकुम पूर्वमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल मास्क अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले ३६०० सर्जिकल मास्क वितरण गरेको छ । साउन २३ गतेदेखि २९ गते सम्म सञ्चालन गरेको साताव्यापी मास्क अभियानमा प्रहरीले मास्क नलगाई हिड्ने करिव ३६०० बढी सर्वसाधारणलाई सर्जिकल मास्क प्रदान गरेको थियो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मुल नाराका साथ सञ्चालन गरिएको नेपाल मास्क अभियान जिल्लाका विभिन्न बजार क्षेत्रमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरिक्षक मानबहादुर विसीले बताउनुभयो ।

जिल्लाका तीनवटा स्थानीय तहमा तपाईको मास्क खोइ अभियान सञ्चालन भएको थियो । सर्वसाधारणहरुले मास्क नलगाएर बजारमा हिडडुल गर्ने गरेको, न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालन नगरेको पाइएकाले मास्क नलगाएकाहरुलाई प्रति व्यक्ति एक वटा मास्क दिइएको सूचना अधिकारी विसीले जानकारी दिनुभयो ।

जिल्लामा निषेधाज्ञा खुकुलो भएपछि मानिसले मास्कको प्रयोग गर्न छोडेकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोग गर्ने सूचना अधिकारी विसीले आग्रह गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार