विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । यूनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलष्टर (यूएमएन) को आर्थिक सहयोगमा नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को सहयोगमा २० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

गाउँपालिकामा सञ्चालित सक्षम परियोजना लागु भएका वडाहरुका १ सय ७१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने योजना अनुसार शुक्रबार १० नम्बर वडाका दुई विद्यालयका २० जनालाई कापी र कलम एक/एक दर्जन र एक एक वटा ज्यामिट्री बक्स प्रदान गरिएको मिक नेपालका कार्यकारी निर्देशक अविनास बुढामगरले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा शैक्षिक सामाग्री सहयोग गरिएको हो । गाउँपालिका अन्तर्गतका ७, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा सक्षम परियोजना सञ्चालन भैरहेको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण समस्यामा परेका विद्यार्थीहरुलाई यी शैक्षिक सामाग्रीले पठन पाठनमा सहज बनाउने छ । बाँकी रहेका अन्य वडाका विद्यालयका विद्यार्थीहरुलाई पनि छिट्टै सामाग्री उलिब्ध गराइने बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार