आफूलाई अपहरण गरेको भन्दै सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी

आफूलाई अपहरण गरेको भन्दै सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी

बैशाख १८ काठमाडौ
महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ ।

बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै आयोगका सदस्य सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी दिनुभएको हो ।  उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताउनु भएको छ ।

आफुलाई अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै डा. यादवले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार