वैशाख २५ पछि विद्यालय तहमा भर्ना प्रक्रिया सुरु गर्न सकिन्छ : शिक्षा मन्त्री

वैशाख २५ पछि विद्यालय तहमा भर्ना प्रक्रिया सुरु गर्न सकिन्छ : शिक्षा मन्त्री

बैशाख २० काठमाडौ
आगामी २५ वैशाखपछि विद्यालय तहमा भर्ना प्रक्रिया सुरु गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका गर्नुभएको छ । शिक्षा मन्त्रालयले गठन गरेको परीक्षा समितिको प्रतिवेदन बुझेपछि मन्त्री पोखरेलले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा २५ गतेभित्र सार्वजनिक गर्न र त्यसपछि भर्ना प्रक्रिया सुरुको तयारी गर्न आग्रह गर्नु भएको हो ।

२५ वैशाखपछि सामाजिक दूरी कायम गरी प्रक्रिया सुरु गर्न सकिने मन्त्री पोखरेलको सुझाब रहेको छ । गत ५ चैतसम्म कक्षा नौसम्मको वार्षिक परीक्षा सकिए पनि कोरोनाको जोखिम बढेपछि शैक्षिक संस्था बन्द भएकाले केहि विद्यालयको नतिजा सार्वजनिक भएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार