राष्ट्रपति रनिङ शिल्डको उपाधी सिस्ने गाउँपालिकालाई

राष्ट्रपति रनिङ शिल्डको उपाधी सिस्ने गाउँपालिकालाई

रुकुमकोट । रुकुम पूर्वमा जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी सिस्ने गाउँपालिकाले जितेको छ ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० को महेन्द्र मावि तकसेरामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड सिस्ने गाउँपालिकाले जितेको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको शिल्डमा १० स्वर्णसहित सिस्ने प्रथम भएको हो । विभिन्न २४ वटा बिधामा भएको प्रतियोगितामा सिस्नेले १० स्वर्ण हात पारेको हो ।

त्यसैगरी ९ स्वर्ण सहित भूमे गाउँपालिका दोश्रो र ५ स्वर्णसहित पूथा उत्तरगंगा गाउँपालिका तेस्रो स्थान ल्याउन सफल भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार