सहिद परिवारलाई सम्मान

सहिद परिवारलाई सम्मान

मुसिकोट । रुकुम (पश्चिम) मा स्थानीय सरकारले जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको छ। आज जिल्लाको आठबिसकोट नगरपालिकाले सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई सम्मान गरेका हो।

नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि ३२ जना पालिकाका सहिद परिवारहरुलाई खादा ओढाएर सम्मान गरिएको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाहले जानकारी दिनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, आठबिसकोट नगरपालिका नगर प्रमुख रबि केसि, उप प्रमुख धनकुमारी शाही, मुसिकोट नगरपालिकाका पूर्व नगर प्रमुख देबिलाल गौतम, नेपाली काग्रेसका जिल्ला सचिब तारक शाही, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य गङगाराम चनारा, राडीज्यूला शिक्षा क्याम्पसका अध्यक्ष मणिराज बटाला, नगर क्षेत्रभित्र रहेका सहिद परिवार तथा आफन्तहरु, जनप्रतिनीधि लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार