रुकुम पूर्वमा १६ हजार ओखरका विरुवा रोपियो

रुकुम पूर्वमा १६ हजार ओखरका विरुवा रोपियो

रुकुमकोट । रुकुम पूर्वका तीन वटा पालिकामा १६ हजार ओखरका बिरुवा रोपिएको छ । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकामा १६ हजार दाँते ओखरको कलमी विरुवा रोपिएको हो ।

आजै डिभिजन वन कार्यालय रुकुम पूर्वले जिल्लाका विभिन्न ठाउँमा टर्कीबाट ल्याईएका ओखरका विरुवा रोपिएको कार्यालय प्रमुख जितेन्द्र खड्काले जानकारी दिनुभयो । उच्च पहाडि क्षेत्रमा ओखर विकास कार्यक्रम अन्तर्गत विरुवा रोपिएको हो ।

त्यसैगरी सिस्ने गाउँपालिका–५ रुमालबारामा मन्त्री चौधरी सहित लुम्बिनी प्रदेशसभा सदस्यहरु सुरुल पुन मगर, दिलकुमारी बुढा मगर, सरिता पुन मगर, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा लगायतले बिरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

भूमे गाउँपालिका–३ झुम्लाबाङमा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्ती मगर, जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी, गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा लगायतले बिरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको डिभिजन वन कार्यालयका प्रमुख खड्काले जानकारी दिनुभयो ।

पुथा उत्तरगंगा गाउँपालिकाको पिपल्तुङमा भूमि आयोग रुकुम पूर्वका अध्यक्ष दीपेन्द्र छन्त्यालको प्रमुख आथित्यतामा विरुवा रोपन कार्यक्रम सुरुवात गरिएको हो । कार्यालय प्रमुख खड्काले जिल्लाभर १४२ जना किसानको जग्गामा १६ हजार विरुवा मंगलबार नै रोपिएको दाबी गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार