गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बैशाख २० बाँके
नेपाली सेनाको गाडीले ठक्कर दिँदा बाँकेमा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

नेपाली सेनाको बा १ झ ६३४१ नम्बरको गाडी र भे ४ प ७६२० नम्बरको मोटरसाइकल कोहलपुरको एनटीभी चोकमा ठोक्किँदा मोटरसाइकल चालक किरण भुसालको मृत्यु भएको हो। प्रहरीले सेनाको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।

मोटरसाइकलमा सवार प्रतिक्षा भुसाल घाइते भएकी छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार घाइते प्रतिक्षाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार