चौरजहारीमा किसानलाई कृषि औजार बितरण

चौरजहारीमा किसानलाई कृषि औजार बितरण

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कृषकहरुलाई साना सिंचाइ निर्माण तथा कृषि औजार बितरण गरेको छ ।

कृषिमा आधुनिकिकरण गरी उत्पादकत्व बृद्धि गर्ने उद्देश्यका साथ प्याज बीउ उत्पादन कार्यक्रम अन्तर्गत कृषि सामाग्रीहरु वितरण गरिएको हो ।

बिहिबार सचेत एग्रीकल्चर प्रालि चौरजहारी नगरपालिका-३ को आयोजनामा भएको एक कार्यक्रमका बीच नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले ९ जना किसानलाई मिनि पावर टेलर, ५० जना कृषकहरुलाई किटनाशक औषधि, प्लास्टिक टनेल, स्प्रे टेन्की, त्रिपाल, कोदालो र डिजिटल तराजु हस्तान्तरण गर्नुभएको हो ।

यस्तै सोहि कार्यक्रमबाट १८० मिटर साना सिचाई कुलो निर्माण समेत गरिएको गरिएको छ। यस कार्यक्रमबाट चौरजहारी नगरपालिका-३ स्यालखोलाका करिब दुई सय सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रमबाट उक्त सहयोग गरिएको हो । उक्त कार्यक्रमका लागि नगरपालिकाको १५ लाख ३० हजार र र कृषकहरूको जनसभागिता १५ लाख ३० हजार गरेर जम्मा ३० लाख ६० हजार रकम खर्च भएको छ ।

कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा चौरजहारी नगरपालिका नगर प्रमुख पुष्प वादी, उप प्रमुख ईश्वरी शर्मा बिएम, सचेत एग्रीकल्चर प्रा.लि.का प्रोपाइटर तेजबहादुर बटाला, वडा नम्बर ३ का अध्यक्ष लाल बहादुर बुढा, प्राबिधिक शाखा प्रमुख भिम बहादुर केसी, आर्थिक बिकास शाखा निमित्त प्रमुख बिमल खड्का लगाएतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार