आजबाट रुकुम महोत्सव सुरु हुँदै

आजबाट रुकुम महोत्सव सुरु हुँदै

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित बराहटाकुरामा आजबाट रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुुँदै छ ।

रुकुम पश्चिम समृद्धिको आधार, कला सस्कृति, पर्यटन विकास र उद्योग व्यापार भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको आज दिउँसो १ वजे मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुहुने छ ।

उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित स्थानीय झाँकीहरु प्रदर्शन हुने बताइएको छ । महोत्सवमा भोलीबाट मात्र टिकट शुल्क लाग्ने छ । महोत्सव हेर्नका १ सय रुपैंया टिकट शुल्क लाग्ने बताइएको छ ।

महोत्सव चैत्र ७ गतेसम्म संचालन हुने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार