बाल संरक्षण र लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण

बाल संरक्षण र लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण

चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बाल क्लबका पदाधिकारीहरूलाई बाल संरक्षण र लैङ्गिक हिंसा विरुद्ध चेतना अभिवृद्धि तथा क्षमता बिकास सम्बन्धी अभिमुखिकरण गरिएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोग र चौरजहारी नगरपालिकाको आयोजनामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा चौरजहारी नगरपालिका वडा नम्बर १, २, ३ र ४ का बाल क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बाल संरक्षण र लैङ्गिक हिंसा विरुद्ध चेतना अभिवृद्धि तथा क्षमता बिकास सम्बन्धी छलफल गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार