मेरोमाइक्रो फाइनान्स रातमाटे शाखाद्धारा आर्थिक सहयोग

मेरोमाइक्रो फाइनान्स रातमाटे शाखाद्धारा आर्थिक सहयोग

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय रातमाटे नुवाकोटले आर्थिक सहयोग गरेको छ । धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे स्थित राजु जर्गा मगरलाई मेरोमाइक्रोफाइनान्स रातमाटे शाखाले १७ हजार ५ सय रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो ।

खाल्टेस्थित मेरो महाकालि महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य लक्ष्मी जर्गाको मृत्यु पछि श्रीमानलाई काजक्रिया खर्च बाफतको रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक दिपक पुडासैनीले जानकारी दिनुभयो ।

सदस्य जर्गा मेरोमाइक्रोफाइनान्स रातमाटे शाखा अन्तरगत बिगत २०७३ साल देखि समुहमा आवद्ध भएर बचत तथा कर्जा कारोबार गर्दै आउनु भएको थियो । उहाँको २०७९ माघ ८ गते निधन भएको थियो ।

मेरोमाइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १ सय ४९ शाखा कार्यालयबाट १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई लघुबित्त सेवा प्रदान गरिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार