वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

दैलेखको गुराँस गाउँपालिका २ मा वित्तिय शाक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । २ वटा केन्द्रका सदस्य तथा स्थानियलाई गुराँस ४ मा अवस्थित प्रभु बैंक गुराँस शाखा र मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि।घोडाबास शाखा दैलेखको सयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बोल्दै प्रभु बैंक गुराँस शाखाका शाखा प्रमुख भरत बहादुर खड्काले बैंक तथा वित्तीय संस्थाको परिचय, काम, महत्व र सेवा सुविधा तथा बचत र कर्जाको विषयमा जानकारी गराउनु भएको थियो ।

यस्तै मेरोमाइक्रो फाइनान्स शाखा कार्यालय घोडाबास, दैलेखका शाखा प्रमुख विष्णु बहादुर शाहीले हाल सामाजिक सन्जाल तथा देशभरमा देखिएका गलत र भ्रामक समाचार र टिका टिप्पणीका बिषयमा बहस र छलफल गर्दै यस्ता गलत र भ्रामक कुरामा नलाग्न सबैमा आग्रह गर्नुभएको थियो ।

उहाँले बैंक तथा लघुवित्त संस्थाबाट लिएको कर्जाको सही सदुपयोग कसरी गर्ने र कर्जा नतिर्दा भविष्यमा पर्न सक्ने समस्याका विषयमा गम्भीर हुुन आग्रह गर्नुभएको थियो ।

कार्यक्रमको सजिकरण मेरोमाइक्रो फाइनान्स घोडाबास शाखाका फिल्ड सहायक डेविड कैनीले गर्नुभएको थियो । कार्यक्रममा ४८ जनाको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार