दुई महिने शिशु सहित वीरगञ्जमा एकै परिवारका १७ जनालाई कोरोना संक्रमण

दुई महिने शिशु सहित वीरगञ्जमा एकै परिवारका १७ जनालाई कोरोना संक्रमण

बैशाख २४ काठमाडौ

वीरगञ्ज महानगरपालिका छपकैयाको एक परिवारका १७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमितमध्ये एक जना दुई महिने शिशु पनि छन् ।

यो परिवारको ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको १९ वैशाखमा पुष्टि भएको थियो ।

नारायणी अस्पतालमा उपचाररत उनको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण गर्ने क्रममा सोमबार ३२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो । त्यसमध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार