कपिलवस्तुमा दुई जना व्यक्तिमा कोरोना संक्रमण

कपिलवस्तुमा दुई जना व्यक्तिमा कोरोना संक्रमण

वैशाख २५ काठमाडौं ।

कपिलवस्तु जिल्लामा आज पहिलो पटक कोरोना संक्रमित भेटिएका छन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु-८ निबासी १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीकाले जानकारी दिनुभएको छ । उहाँका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार