मेरो माइक्रोफाइनान्सद्धारा आर्थिक सहयोग

मेरो माइक्रोफाइनान्सद्धारा आर्थिक सहयोग

मुसिकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ कल्पतगाउँ स्थित देउकली पुनलाई मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय सस्थाले आर्थिक सहयोग गरेको छ ।

आज मेरो माइक्रोफाइनान्स कालिमाटि शाखाले दुई हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो ।

मेरो कल्पत महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य देउकली पुनलाई रकम हस्तान्तरण गरिएको हो।

सदस्य पुन मेरो माइक्रोफाइनान्स कालिमाटि शाखा अन्र्तरगत बिगत २०७८ साल देखि समुहमा आवद्ध भएर कारोबार गर्दै आउनु भएको छ

२०७९ माघ १८ गते उहाँ घाँस काट्न जादा दुबै हात भाचिएका थिए । प्राथमिक उपचार बाफतको रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक प्रेम बहादुर बिकले जानकारी दिनुभयो ।

मेरो माइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार