निमाविको लिखित परीक्षाको नतिजा सार्वजनिक

निमाविको लिखित परीक्षाको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक नतिजा सार्वजनिक गरेको हो । वैशाख ९ गते लिएको सामान्य परीक्षामा सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी भएका थिए ।

जसमा १३ हजार ९३९ जना मात्रै पास भएका छन् । जुन २०.७४ प्रतिशत हुन आउँछ । परीक्षामा सहभागी ५३ हजार २४१ जनाले सामान्य परीक्षा पास गर्न नसकेको आयोगले सार्वजनिक गरेको नतिजाको विवरणबाट देखिन्छ ।

सुदूरपश्चिम प्रदेशबाट ८ हजार ८६९ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६८४ जनाले मात्रै उत्तीर्ण, कर्णाली प्रदेशबाट ६ हजार ५९८ जनाले परीक्षा दिएकोमा १ हजार २३१ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै बागमती प्रदेशबाट ११ हजार ६०६ परीक्षार्थी सहभागी भएकोमा २ हजार ८०३ जना, मधेस प्रदेशबाट ६ हजार २१० जना परीक्षा सहभागी भएकोमा १ हजार १०० जना र कोशी प्रदेशबाट १५ हजार ५९७ जना सहभागी भएकोमा ३ हजार ८५ जना, लुम्बिनी प्रदेशबाट ६ हजार ६७२ जना सहभागी भएकोमा १ हजार १८१ जना, गण्डकी प्रदेशबाट ११ हजार ७२८ जना सहभागी भएकोमा २ हजार ८५५ जना उत्तीर्ण भएका छन् ।

पास भएका परीक्षार्थी हरूको विषयगत परीक्षा ९ भदौ २०८० मा बिहान ११ बजेदेखि कैलालीमा सञ्चालन हुने आयोगले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार