रुकुम कप भलिबल : आयोजक रुकुम पश्चिम र एपिएफ फाईनलमा

रुकुम कप भलिबल : आयोजक रुकुम पश्चिम र एपिएफ फाईनलमा

रुकुम पश्चिममा जारी सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबल प्रतियोगिताको फाइनलमा आयोजक रुकुम पश्चिम र सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी सुर्खेत भिड्ने भएका छन् ।

शनिबार भएको सेमिफाईनलमा सल्यान र सुर्खेतको टिमलाई हराउँदै आयोजक रुकुम पश्चिम र सशस्त्र प्रहरी बल एपिएफ ६ नम्बर बाहिनीको टोली फाईनलमा प्रवेश गरेका हुन।

फाइनल खेल भोली दिउँसो १ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।

आज भएको पहिलो सेमिफाइनलमा सल्यानलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक रुकुम पश्चिम फाइनलमा पुगेको हो । त्यसैगरी दोस्रो सेमिफाइनलमा सुर्खेतलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी फाइनल पुग्न सफल भएको हो ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख पुरस्कार पाउने छ भने उप-विजेताले नगद दुई लाख ५० हजार पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार सेमिफाइनलमा पुगेका सल्यान र सुर्खेतले १/१ लाख पुरस्कार जितेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार