रुकुम पूर्वमा जीप दुर्घटना हुँदा नौ घाईते

रुकुम पूर्वमा जीप दुर्घटना हुँदा नौ घाईते

रुकुमकोट । रुकुम पूर्वमा यात्रुवहाक जीप दुर्घटना भएको छ । जिल्लाको भूमे गाउँपालिका -८ सिमखोलामा आईतबार बिहान भएको जीप दुर्घटनामा परेर नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठका अनुसार भूमे गाउँपालिका ९ चुनबाङबाट रुकुमकोट आउदै गरेको लु १ ज ३५०३ नम्बरको जीप सिमखोलामा दुर्घटना भएको हो ।

जीप दुर्घटना भएर सडक नजिक रहेको सरस्वती माविको छतमा पुगेको बताईएको छ । जीपमा १२ जना यात्रु सवार रहेका थिए ।

प्रहरीका अनुसार घाइते हुनेमा भूमे गाउँपालिका ८ का १७ वर्षीया चन्द्रकुमारी पुन, सोही वडाका २० वर्षीया लक्ष्मी बिक, १० वर्षीय भरत खड्का, भूमे गाउँपालिका ९ का १८ वर्षीया प्रमिला पुन मगर, १९ वर्षीया रिमा बुढा मगर, १९ वर्षीय गङ्गा बुढा, १९ वर्षीया नर्मिता पुन, रोल्पा जिल्ला परिवर्तन गाउँपालिका ६ का २१ वर्षीय आभाष बुढा मगर र परिवर्तन गाउँपालिका ४ का १९ वर्षीय कमला रोका रहेका छन् ।

घाइतेको रुकुम पूर्व अस्पताल रुकुमकोटमा उपचार भईरहेको छ । घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार